८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

दमक मालपाेत कार्यालयमा पत्रकार घिमिरेमाथि हातपात


१६ मंसिर २०७७, मंगलबार  

0
Shares

दमक/ मालपोत कार्यालय दमकमा भिडियो खिचेको बिषयलाई लिएर पत्रकार खगेन्द्र घिमिरे माथि हिजाे (मंगलबार) हातपात भएको छ ।
शिवसताक्षीका एक जन सेवाग्राहीसंग जग्गा रोक्का वापत १० हजार रुपैयाँ घुस रकम लिएको दाबी गर्दै भिडियोसहितको रिपोर्टिङ गरिरहेका पत्रकार घिमिरेमाथि मालपोत कार्यालय भित्रै हातपात भएको बताइएको छ ।


कार्यालयभित्रै कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले हातपात गरेका घिमिरेको आरोप छ । मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार रुपैयाँ घुस दिएको प्रमाणका रुपमा भिडियो खिचेको बताए ।  कुटपिटमा संलग्नहरु बिरुद्ध घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी समेत दर्ता गराएको बताएका छन । घिमिरे अनुसन्धान अनलाइन टिभीमा कार्यरत छन । प्रहरीले सो घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । लेखापढी व्यवसायीहरुले भने सम्बन्धित सेवाग्राहीको काममा लेखापढी व्यवसायी मार्फत अबैध लेनदेन नभएको तर्क गरेका छन ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ११ : २५ बजे